एमाले कैलाली अधिवेशन: को को भए निर्वाचित ?

नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली

कैलाली । नेकपा एमालेको ९ औं कैलाली जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका लागि शुक्रबार बिहानैदेखि राती अबेरसम्म गरि मतदान सम्पन्न भएको थियो । सोही रातीदेखि नै मत गणना सुरु भए पनि सम्पूर्ण पदाधिकारी सहित सदस्यहरूको अन्तिम मत परिणाम भने आज मात्रै सार्वजनिक भएको हो ।

फागुन ६ गते जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडस्थित हेलिप्याडमा अधिवेशनको शुभारम्भ भएको थियो । उक्त कार्यक्रमको उद्घाटन भने पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेतृत्व चयनमा धेरै समय नखर्चिन भनेका थिए । सकभर सर्वसम्मत रुपमा चयन गर्नु पर्ने यदि सहमति जुट्दै नजुटेमा मात्रै लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्दै निर्वाचन प्रणालीमा जान निर्देशन दिएका थिए ।

उद्घाटन सत्र सकेर अध्यक्ष ओली फर्किए । सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति नभएपछि  सुरुमा निर्वाचन तालिका जारी गर्दै ९ गते मतदान गर्ने निर्वाचन मण्डलले जनायो । तर त्यो दिन अन्तिममा कुनै प्रक्रिया अगाडि बढाउन सकेन । फेरि १० गरे निर्वाचन गर्ने भनियाे तर त्यो पनि सम्भव नभएपछि अर्को दिनको लागि मतदान सारियो । अन्ततः ११ गते आएर निर्वाचन सुरु भयो । शुक्रबार बिहान देखि घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा निर्वाचन सुरु भयो ।

साँझ अबेर गरी मतदान सकिएको थियो । मतदान सम्पन्न भएको केही समयपछि राती नै मतगणना सुरु भएको थियो । सोही दिन नै मतगणना सुरु गरेको निर्वाचन मण्डलले शनिबार नै मुख्य पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि अन्य सदस्यहरूको अन्तिम मतपरिणाम भने आइतबार मात्रै सार्वजनिक गरियाे ।

को को भए निर्वाचित ?

अध्यक्षका लागि तीन जना प्रतिस्पर्धी मैदानमा उत्रिएका थिए । जसमा यज्ञराज ढुङ्गानाले बाजी मार्न सफल रहे । उनले २ सय ८७ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी तथा कार्यवाहक अध्यक्ष डेजी पाण्डेले २ सय १८ मत प्राप्त गरेका हुन् । यस्तै अर्का प्रत्यासी दुर्गा प्रसाद जोशीले जम्मा ६३ मत मात्रै प्राप्त गर्न सके । निर्वाचनमा जम्मा ५ सय ७७ मत खसेको थियो ।

यस्तै उपाध्यक्षमा पाँच जना प्रतिद्वन्दी रहेका थिए । जसमा लोकेन्द्र बहादुर शाहीले १ सय ९३ मत सहित बाजी मार्न सफल रहे । उनका प्रतिस्पर्धी दल बहादुर विष्टले १ सय ८८ मत प्राप्त गरे । यस्तै अर्का प्रत्यासी विष्णु चौधरीले १ सय ६, मनराज ओझाले ३३ र गजेन्द्र स्वार २७ मत मात्रै प्राप्त गरे । त्यसै गरी सचिवमा ममता प्रसाद चौधरी २ सय ४३ मत प्राप्त गर्दै विजयी हुँदा विष्णु कुमार चन्दले १ सय ६८ र दान बहादुर विश्वकर्माले १ सय ४७ मत आफ्नो पक्षमा पार्न सके । उपसचिव खुलामा चुडामुणी भट्ट २ सय ५१ मत सहित निर्वाचित हुँदा महिला उपसचिवमा गङ्गा कुमारी चौधरीले १ सय ९९ मत सहित विजयी हासिल गरिन् ।

निर्वाचित पदाधिकारी सहित सदस्यहरूको सूची :

Share