काठमाडाैं । ‘जीवन अमूल्य छ’, यही भनाइलाई सबै मानव जातीले अनुसरण गरेकै छन् । सोही अनुरूप जीवनका पाइला अगाडि बढाउँदै खुसी खोज्दै जीवनलाई सहज बनाउन सबै तत्पर रहेका छन् । जानाजान होस् या अन्जानमै कहिले कँही जीवनमा नसोचेको गल्ती भई दिन्छ । कतिले उक्त गल्तीको सहजै क्षमा याचना गर्छन् भने कतिले गर्दैनन् । कतिपयलाई उक्त सानो गल्तीले जीवनको कठिन मोडमा पु¥याई दिन्छ । सानो गल्तीले कसैलाई मृत्युको मुखमा पु¥याई दिन्छ त कतिलाई जेल जीवनको बाटो खुला गरि दिन्छ । हामी कहिले कँही सोच्छौँ गल्ती सानो मान्छेले गर्दछ र कसैले मृत्यु नै रोज्दा कसैले अपराधी बनेर जीवन जेलमा बिताउँछन् । तर यस्तो सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । यहाँ सामान्य मान्छे नभई यस्तामा कहिले कँही विश्व चर्चित व्यक्तित्वहरू समेत यस्ता कुरामा फसेका हुन्छन् । आज यस्तै एक चर्चित व्यक्तिको सानो गल्तीले गर्दा राष्ट्रिय टोलीबाट जेल जीवनको यात्रामा निस्केको विषयमा चर्चा गरिएको छ ।
सन्दिप लामिछाने कलिलै उमेरमा राष्ट्रिय टोलीको ढोकाको दैलो उघार्दै विश्वका विभिन्न अन्तर्राष्ट्रिय लिगहरू खेल्ने एक्ला नेपाली खेलाडी हुन् । २३ वर्षीय लामिछानेले हालसम्म इन्डियन प्रिमियर लिग आइपिएल, क्यारिविएन प्रिमियर लिग, पाकिस्तान प्रिमिएर लिन, बिग बास प्रिमियर लिग लगायत विश्वका चर्चित लिगमा समेत उनले आफ्नो क्षमता प्रदर्शन गरि सकेका छन् ।
यु १९ बाट चम्किएका लामिछानेले अन्ततः राष्ट्रिय टोलीको रोजाइमा मात्र रहेनन् । उनले यु १९ को कप्तान बन्दै हङकङ ब्लिट्सजस्तो व्यावसायिक प्रतियोगिता खेले । त्यहाँ उनी अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क जस्ता खेलाडीको नजरमा समेत परेपछि अष्ट्रेलिया पुगे । त्यहाँ ए ग्रेडको प्रतियोगिता खेले र सोही मद्दतमा उनी विश्वकै चर्चित मानिने आइपिएलमा छनोट भए । २०७५ साउन १६ गते नेदरल्याण्डस्सँग खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । यस्तै सोही वर्षको भाद्र १९ गते टी २० मा वेस्ट इन्डिज विरुद्ध खेल्दै डेब्यु गरेका लामिछानेलाई सोही वर्ष आइपिएलमा दिल्ली डेयरडेभिल्सले उनलाई अनुबन्ध ग¥यो । उनी तीन वर्ष त्यसमै रहे । सुरुवातमा बेन्चमै राखेपनि अन्तिमका तीन खेलमा उनलाई दिल्लीले मौका दिएको थियो जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै विश्वका अन्य लिगहरूमा समेत जाने मौका पाए । राष्ट्रिय टोलीमा उनको स्थान कसैले लिने त कुरै भएन । एकपछि अर्को गर्दै चर्चाको शिखरमा चुलिँदै गएका लामिछानेले राष्ट्रिय टोलीबाट विभिन्न कीर्तिमान समेत आफ्नो नाममा दर्ता गराएका छन् । लामिछानेले राष्ट्रिय टोलीको नेतृत्व समेत सम्हालि सकेका छन । उनले २०२३ मा एउटा अर्को कीर्तिमान आफ्नो हात पारे जुन हो सबै भन्दा कम खेलमा १०० विकेट लिने । उनले अफगानिस्तानका रसिद खानलाई पछि पार्दै ४२ खेलमा १०० विकेट हात पारे । खानले ४४ खेलमा उक्त उपलब्धि हात पारेका थिए । यसरी चर्चाको शिखरमा चुलिएका उनको उपस्थिति विना राष्ट्रिय टोली अपुरो हुने खेलप्रेमीहरू जहिले बताई रहेका हुन्छन् ।
क्रिकेटमा चर्चा कमाएका लामिछाने गायन क्षेत्रमा पनि अब्बल
उनी क्रिकेटमा मात्रै अब्बल रहेनन् क्रिकेट सँगसँगै गायन क्षेत्रमा पनि उनी लागि रहे । उनले २०७५ साउनमा लामिछाने गीति सङ्ग्रह प्रतीक्षामा पहिलो गीत ‘उदास थियो मेरो मन’ नाम गीत प्रकाशित गरे । त्यस यता विभिन्न गीतहरू उनले बजारमा ल्याइ सकेका छन् ।
एकपछि अर्को गर्दै चर्चामा रहेका लामिछाने कहाँ चुके ?
सन्दिप लामिछाने चर्चाको शिखरमा रहेका बेला खेलाडी वर्गीकरणमा असन्तुष्टि पोखेका तत्कालीन नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल सहित चार जनालाई नेपाल क्रिकेट सङ्घ क्यानले कारवाही गर्दै २०७८ मंसिर २९ गते उनलाई टोलीको कप्तानमा नियुक्त ग¥यो । जसरी चर्चामा रहँदै कप्तान बने उनी त्यसरी धेरै समय भने टिक्न पाएनन् । अन्नतः उनी २०७९ असोज २३ गते नेपाली टोलीको कप्तानबाट बर्खास्त भए ।
नियमित कप्तान लामिछाने विरुद्ध गत वर्ष भदौ २१ गते काठमाडौं महानगरीय प्रहरी वृत्त, गौशालामा नाबालिका बलात्कार गरेको जाहेरी प¥यो । नाबालिका भनिएकी नाम परिवर्तित गौशाला २६ लाई भदौ ५ गते काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा गइ ६ गते काठमाडौंको एक होटेलमा लगी करणी गरेको भनी उजुरी दर्ता भएपछि उनलाई क्यानले उजुरी परेको दोस्रो दिन २३ गते कप्तानबाट हटायो । तत्कालीन समयमा उनी क्यारिबियन प्रिमिएर लिग खेल्न वेस्ट इन्डिज गएका थिए ।
क्यारिबियन प्रिमिएर लिग खेल्न वेस्ट इन्डिज गएका लामिछाने विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी ग¥यो । त्यसपछि उनले केही दिनमा आउने बताए पनि उनी केही दिन आफै सम्पर्क विहीन बनि दिए । त्यसपछि प्रहरीको अनुरोधमा इन्टरपोलले असोज ७ गते डिफ्युजन नोटिस जारी गरेपछि उनी असोज २० गते नेपाल फर्किए र उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ ग¥यो । त्यसपछि उनी विरुद्धको मुद्दा अगाडि बढ्यो । सोही क्रममा २०७९ पुस २९ गते उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिह गर्न आदेश दिएसँगै उनी रिहा भए । त्यसपछि उनी राष्ट्रिय टोलीमा फर्किए । झण्डै छ महिना पछि टोलीमा फर्किएका उनले टोलीमा सोचे भन्दा राम्रो प्रदर्शन गरे । त्यस यता पनि उनको अदालतमा पेसी भने तोकिने र स्थगित हुने क्रम जारी रह्यो । त्यो देखेर खेल प्रेमीहरूले एकतर्फी न्यायको माग गर्दै अदालतले उनलाई मिलेर नै फसाउन लगाएको भनेर आक्रोश समेत पोखे ।
अदालतले उनलाई बाहिर खेल्न जान पनि अनुमति दियो । उनलाई टोलीमा समावेश गर्दै बाहिर लग्न क्यानले पनि विशेष पहल गरि रह्यो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पनि भरपुर साथ दिँदै लामिछानेलाई टोलीसँगै बाहिर लग्न अनेक प्रयास गरे । उनले जान पनि पाए तर मुद्दाको अन्तिम फैसला भने हुन सकेन । दुई दर्जन भन्दा बढी पटक पेशी तोकिने र स्थगित हुने क्रम जारी रह्यो । न्यायाधीशहरू पीडक र पीडित दुवैको पक्षमा फैसला गर्न डराई रहेका थिए । लामिछानेको पक्षमा गर्दा बलात्कार जस्तो मुद्दा हल्का रुपमा लिएको भन्ने गुनासो आउने डर एकातिर भने, अर्कातिर पीडित भनिएकी नाबालिका नाम परिवर्तित गौशाला २६ को पक्षमा फैसला गर्दा लामिछानेलाई फसाएको भन्ने गुनासो आउने डरले विभिन्न न्यायाधीशको इजलासमा उक्त मुद्दा पुग्यो ।
सोही क्रमजारी रहँदा लामो समयपछि अन्ततः पुस १३ गते शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरिदियो । फैसलामा १८ वर्ष पुगेकी नाम परिवर्तित गौशाला २६ को कमजोर आर्थिक स्थितिको मौका उठाई भएको देखिएको र सहमतिको करणी नदेखिएकाले प्रतिवादी लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९, १,२ र ३ ङ बमोजिम कसुर गरेको ठहर गरेको छ । किशोरीको उमेरमाथि पनि विवाद भैरहँदा उनको जन्ममिति १८ असार २०६१ भएको पुष्टि समेत गरेको थियो । सोही कुरालाई आधार मान्दा बलात्कार भएको बेला किशोरी नाबालिका नरहेको पुष्टि भएकाले सोही संहिताको दफा २१९, घ बमोजिमको कसूर भने नहुने अदालतले भनेको छ ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
तर जिल्ला अदालतको फैसला विरुद्ध लामिछानेका वकिल भने पुनरावेदनका लागि उच्च अदालत जाने भएका छन् । उनलाई न्याय दिलाउने आशा उनका वकिलले अझै कायम राखेका छन् ।
यसरी सन्दिप लामिछानेका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ढोका बन्द हुँदै जेल जीवनको ढोका खुल्ला भएको छ ।












