काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न अदालतले आज आदेश दिएको छ । विहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाँझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो ।
त्यसदिन पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरह नै देखिएको भन्दै छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो । तर आज तेस्रो न्यायाधीशले पनि उक्त आदेशलाई नै अनुसरण गर्दै धरौटीमा छाड्न आदेश दिए ।
उनी २७ गते बैशाख गते नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै निवासबाट पक्राउ परेका थिए ।
त्यसपछि असार २ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनीसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायत १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।
यस्तो छ कोइरालाको इजलासले धरौटीमा छाड्न दिएको आदेशको पूर्णपाठ :














