बिहीबार देशभर सार्वजनिक बिदा 

काठमाडाैं । सरकारले इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद ( ईद उल अजहा ) को अवसरमा असर १४ गते बिहीबार सार्वजनिक बिदा दिएकाे छ। 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै १४ गते बिहीबारका दिन बकर ईदकाे अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो।

नेपाल राज पत्रमा २०७९ चैत्र दुई गते प्रकाशित सूचना अनुसार बकर इदको उपलक्ष्यमा देशैभर सार्वजनिक बिदा दिएको हो।

Share