कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा झण्डै तीन करोड बजेट कटौती गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज नगर सभामा बजेट विनियोजन गरेको छ । नगर सभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ४३ लाख ९८ हजारकाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । विनियोजन गरेको बजेट गत आर्थिक वर्षको भन्दा तीन करोड ७९ लाख दुई हजारले कम हो ।
आज नगरसभामा विनियोजित बजेटमा राजस्व बाँडफाँडबाट संघीय सरकारबाट प्राप्त हुने १६ करोड ९० लाख ९० हजार, राजस्व बाँडफाँड प्रदेश सरकारबाट ६३ लाख ४८ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट प्राप्त १७ करोड ७८ लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट प्राप्त एक करोड ६३ लाख १९ हजार, संघीय सरकार समपूरक अनुदानबाट प्राप्त एक करोड ८० लाख, प्रदेश सरकारबाट समपूरक अनुदानबाट प्राप्त एक करोड ९४ लाख १९ हजार अनुमान गर्दै बजेट विनियोजन गरिएको छ ।
यस्तै संघीय सरकार विशेष अनुदानबाट तीन करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ५० लाख, संघीय सरकार सशर्त अनुदानबाट ३६ करोड ९६ लाख, प्रदेश सरकारबाट सशर्त अनुदानबाट २७ लाख ५० लाख र आन्तरिक स्रोतबाट प्राप्त राजस्व १५ करोड ५० लाख अनुमान गर्दै बजेट विनियोजन गरिएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७९/०८० मा संघिय सरकारको राजस्व बाँडफाँडबाट १७ करोड ४५ लाख ६४ हजार प्राप्त हुने अनुमानमा गरिएकोमा हालसम्म ११ करोड पाँच लाख ९० हजार एक सय ४५ मात्र प्राप्त भएको भएको घाेडाघाेडी नगरपालिकाकी उप प्रमुख गुलिया कुमारी चौधरीले बताइन् । यस्तै प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार प्राप्त हुने अनुमानमा ५१ लाख सात हजार चार सय ७८ मात्र प्राप्त भएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान २० करोड ७० लाख प्राप्त हुने अनुमान गरिएकोमा १८ करोड ११ लाख २५ हजार मात्र प्राप्त भएको हुँदा यता प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख २६ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ९६ लाख ४१ हजार दुई सय ५० मात्र प्राप्त भएको छ ।
त्यसै गरि संघीय सरकारबाट समपूरक अनुदान तीन करोड ९० लाख, प्रदेश सरकारबाट समपूरक अनुदान एक करोड १८ लाख, संघ सरकारबाट विशेष अनुदान पाँच करोड ५८ लाख प्रदेश सरकारबाट विशेष अनुदान ९५ लाख संघीय सरकारबाट सशर्त अनुदान ३५ करोड ७६ लाख प्राप्त हुने संशोधित अनुमान रहेको भए पनि समग्रमा अनुमानित नौ करोड बजेट अनुमान भन्दा कम प्राप्त भएको पनि उपप्रमुख चौधरीले सभामा बताइन् ।
Budget-2080-081












