कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले असार तीन गते आइतबारदेखि असार १५ गतेसम्म विद्यालयमा बिदा दिएको छ । गाउँपालिकाले आज शुक्रबार एक सूचना जारी गर्दै बढ्दै गरेको अत्याधिक गर्मीका कारण बालबालिकामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै प्रधानाध्यापकहरूको बैठकले निर्णय गरि १३ दिन विद्यालय बन्द गर्न भनेको हो ।
गर्मीका कारण देशभर पढाइ प्रभावित भैरहेकाले विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिदै आएका छन् ।













