काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको टोली आज चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरे । उनले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्ने समय तालिका रहेको जनाईएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल रहेका छन् । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड सहितको आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।













