इङ्ग्ल्याण्ड र भारत बिचको दोस्रो टी-२० क्रिकेट, सिरिज जोगाउन इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दवाव

एजेन्सी । भारत र इङ्ग्ल्याण्डबीचको तीन खेलको टी-२० शृंखला अन्तर्गत दोस्रो खेल आज हुने भएको छ । इङ्ग्ल्याण्डको बर्मिङ्म क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा सात बजे खेल सुरु हुनेछ ।

आजकाे खेलबाट पाहुना टोली भारत लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो कब्जामा पार्ने दाउमा रहेको छ । उता घरेलु टोली इङ्ग्ल्याण्डलाई भने सिरिजमा जीवितै रहन आजको खेल जित्नै पर्ने दवाव रहेको छ । यसअघि बिहीबार सम्पन्न भएको पहिलो खेलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई ५० रनले पराजित गरेको थियो । जितसँगै भारत १-० ले अघि रहेको छ ।

यि दुई टोली बिचको तेस्रो तथा अन्तिम टी-२० खेल भने आइतबार हुने छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *