आर्थिक अभावमा क्यान्सर पालेर बसेका बले कामी, सहयोग गरिदिन अपिल

भक्त बिक

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ६, व्यवस्थित नगरका बले कामीको उपचारमा समस्या भएको छ । ६३ वर्षीय बलेको खुट्टा ८ वर्ष अघि  आगोमा पोलेको थियो । उपचार पछि घरमै बस्दै आएका उनको खुट्टामा हाल समस्या देखिएको छ । अहिले उनलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा राखिएको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको बिकका छोरा हिरेन्द्र बिकले जानकारी दिएका छन् ।

अस्पतालमा चेकजाँच गर्दा डाक्टरले क्यान्सर भएको हुन सक्ने र खुट्टा काट्नु पर्ने बताए पछि कामी परिवार यति बेला पिरमा छ । आर्थिक अवस्था एकदमै नाजुक भएको बिक परिवारलाई  उपचार गराउन समस्या भएको हो । डाक्टरले रोग निको बनाउन खुट्टा काट्नु पर्ने  बताएका छन् । तर आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा बिक परिवार छ । छिटो उपचार नगराए उनको ज्यान जान सक्ने डाक्टरले बताएपछि आर्थिक सहयोग जुटाउन परिवार हारगुहार गरिरहेको छ ।

बुबाको ज्यान बचाउन हिरेन्द्र आर्थिक सहयाेग जुटाउन लागेका छन् ।

सहयाेगका लागि:

बले कामीकी श्रीमती पापसरा देवी कामीको लक्ष्मी सनराइज बैकको खाता नम्बर ०४७१२४६५०१०४४०४४

छोराको हिरेन्द्र बिककाे इ–सेवा आई डि ९८६८९४४३११ मा कल तथा पैसा पठाएर सहयोग गरेर सहयोग गर्न अपिल गरेका छन ।

Share