नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो । वन मन्त्री नियुक्त भएका चौधरीको साँझ ५ बजे शपथ ग्रहणको तयारी रहेको प्रदेश प्रमुख नजिर मियाँको सचिवालयले बताएको छ ।













