भारत । भारतको जम्मुमा मङ्गलबार आतङ्ककारी हमलामा परी २६ जनाको ज्यान गएको छ। जम्मुको पहलगाममा दिउसो करिब तीन बजे आतङ्ककारी हमला हुँदा एक नेपाली सहित २६ भारतीयको मृत्यु भएको जनाइएको छ। तीन जनाको समुहमा उपस्थित भएका आतकङ्कारीले त्यही उपस्थित पर्यटकसँग परिचयपत्र हेर्दै गोली हानी २६ जनाको हत्या गरेको बिबिसीले जनाएको छ ।
भारतीय गृहमन्त्री अमित शाह आतङ्ककारी हमला स्थल जम्मु कश्मिर पुगेको जनाइएको छ।












