डोटी । डोटीको सायलमा चार घरमा आगलागी हुँदा एक लाख भन्दाबढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आइतवार सायल गाउँपालिका–३ वेटाराका पदि बिष्टको चौपाया बाँध्ने एकतले खरले छाएको छानामा खाना पकाउने क्रममा अचानक आगोको झिल्का परि आगलागी हुँदा भएको थियो । सोही क्रममा त्यहिँ ठाउँका प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्ट सहित चार जनाको १/१ तले छानामा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन् ।
आगलागीमा परि पदि बिष्टका २ वटा गाइका बाच्छा जलेर घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार आगलागीबाट १ लाख ४० हजारको क्षति भएको छ । आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।













