स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले नगदसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।

Share