भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परी ज्यान गुमाएका ७ नेपालीको सनाखत 

तस्बिर : एजेन्सी

कैलाली । भारतको महाराष्ट्र राज्यमा बुधबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाएका ७ नेपालीको सनाखत भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो । जसअनुसार अछामका ४, कैलालीका २ र बाँकेका १ जना रहेका छन् ।

ज्यान गुमाउनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेका छन् ।

मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share