यू १९ विश्वकप : जित्ने पर्ने खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाली महिला टोली

कैलाली । मलेसियामा जारी आईसीसी यू १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउनका लागि जित्नै पर्ने दबाब रहेको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाविरुद्ध टस हारेर नेपालले बलिङको निम्तो पाएको छ ।

स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले अन्तिम ११ मा मौका पाएकी छन् ।

सुरुवाती दुवै खेलमा पराजय भोगेको नेपालाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित हाँसिल गर्न बाहेक अर्को कुनै विकल्प छैन् ।

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।

महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालको अन्ति-११

कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत ।

Share