नेकपा एमालेका ५९ जनाले पार्टी परित्याग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको विभिन्न विभाग र कमिटीमा रहेका उनीहरुले एमाले छोडेको घोषणा गरेका हुन् ।
उनीहरुले एमालेबाट निष्कासित भई मातृभूमी जागरण अभियान चलाई रहेका डा. भीम रावललाई समर्थन गर्ने बताएका छन् ।
पार्टी परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत नेता कार्यकर्ता रहेका छन् ।
उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन् । भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ ।
‘कम्युनिस्ट पार्टीले शत्रु भनेको शक्ति, समूह र व्यक्तिसँग गठबन्धन गरी इमान्दार, देशभक्त र सिद्धान्तनिष्ठ व्यक्तिहरूमाथि दमन गर्ने कृत्यकै भद्दा रूप हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘त्यसकारण हामी एमालेको विभिन्न तहमा विभिन्न जिम्मेवारीसहित लामो समयदेखि कार्यरत एवम् सदस्य रही योगदान गर्दै आएकाहरू डा. भीम रावलको राष्ट्रियता, जनजीविका र जनाधिकारको पक्षमा तथा त्यसको रक्षा र प्राप्तिका लागि प्रस्ताव गर्नुभएको मातृभूमी जागरण अभियानलाई पूर्णरूपमा समर्थन गरी अगाडि बढ्ने…..।’
[pdf-embedder url=”https://raibaronline.com/wp-content/uploads/2025/01/UML.pdf”]












