सुदूरपश्चिम प्रदेश सभाको चार महिनापछि बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ । माघ ६ गते आइतबारका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको बताएका छन् । उनले प्रदेश सभा समितिका सभापति हेरफेर र निर्वाचनको मिति तोक्ने कार्यतालिका रहेको बताएका हुन् ।

गत असोज ५ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन् । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ ।

प्रदेश सभा विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको बताएका छन् ।

Share