भूमि आयोगमा कांग्रेस-एमाले ले भागबण्डा गर्दै सुदूरका ७ जिल्लामा नियुक्त गर्यो अध्यक्ष

कैलाली ।राष्ट्रिय भूमि आयोगले सुदूरपश्चिममा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ७ जिल्लमा अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच भागबण्डा भएको छ । कैलालीमा यज्ञराज उपाध्याय, बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय र डडेलधुरामा कैलासकुमार पाण्डेय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।
यस्तै कञ्चनपुर र बझाङमा भागबण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुदूरपश्चिमका ७ सहित देशभरका ५६ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन् ।

Share