घोडाघोडीमा पनि पुष्टि भयो ‘अफ्रिकन स्वाइन फिभर’ रोग, के हुन्छ यो रोग लागेमा ?

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा पालिकामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखा परेको छ । घोडाघोडी-९ मा रहेको एक फार्ममा पुष्टि भएको नगरले जानकारी दिएको छ ।

२०७९ जेठ २ गते पहिलो पटक नेपालमा पुष्टि भएको यो रोग मुलुकका विभिन्न प्रदेशमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने गरेको थियो । हाल आएर यो रोग घोडाघोडी नगरपालिकामा पनि पुष्टि भएको पशु स्वास्थ्य प्रविधिक मनोज आचार्यले जानकारी दिएका छन् । ‘अफ्रिकन स्वाइन फिभर’ घोडाघोडी नगरपालिका वडा नं. ९ मा कृषक प्रदेशु चौधरीले सञ्चालन गरेको बङ्गुर फर्ममा यहि पुुस १८ गते यो रोग पुष्टि भएकोआचार्यले जानकरी दिए ।

फार्ममा बङ्गुर मर्नथालेपछि भौधरीले परिक्षया गराएका थिए । त्यसपछि ग ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको थियो । आचार्यका अनुसार यहि पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पहिलो पटक परीक्षण गर्दा रोग पुष्टि भयो । त्यसलाई थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पिसिआरद्वारा परीक्षण गर्दा पनि उक्त रोग नै भएको पुष्टि भएको भयो ।
‘अफ्रिकन स्वाइन फिभर’ का कारण हालसम्म चौधरीको फर्ममा ३२ पाठापाठी, ५ माउ बङ्गुर र १ भाले बङ्गुर गरि ३८ बङ्गुरको मृत्यु भइसकेको आचार्यले बताए ।

के हो अफ्रिकन स्वाइन फिभर ?

‘अफ्रिकन स्वाइन फिभर’ बङ्गुर÷सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । नेपालभरी र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा रहेका छन् ।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बङ्गुरहरू बिना कुनै लक्षण रातारात मर्न सक्छन् । कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो–नीलो बन्ने र केही दिनभित्रै ठुलो संख्यामा बङ्गुरहरू मर्ने हुन्छ ।

मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ । तर, अन्य रोगजस्तै बङ्गुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ ।