डोटीमा एक घरमा आगलागी, ४ लाख बराबरको क्षति

डोटी । डोटीको बोगटान फुड्सिलमा एक घरमा आगलागी भएको छ। बोगटान–फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी भएको जनाइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट घरभित्रका भाँडा वर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ।