घोडाघोडीका १ फरार प्रतिवादी सहित अन्य २ जना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सुखड् ।। घोडाघोडी नगरपालिकाका १ जना फरार प्रतिवादी सहित अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा फरार रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जसमध्ये चोरी मुद्दामा फरार रहेका  २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका –११ बस्ने २५ वर्षीय रमेश कठरिया सहित अन्य फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको प्रहरीले जनाएको जनाएको छ ।

 जसमध्ये लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका– १ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका –२ सन्तोषी टोल बस्ने ४६ वर्षीय लालसिंह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका –११ बस्ने २५ वर्षीय रमेश कठरिया पक्राउ गरिएको जनाएको छ ।

Share