कर्णाली पुलबाट हाम फालेर महिला बेपत्ता, खोजी कार्य जारी 

कैलाली । कैलालीको कर्णाली–चिसापानी पुलबाट बिहीबार हाम फालेर एक महिला बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिला पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।

कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।

हाल पाँच जना प्रहरीको टोलीले उनको खोजी कार्य गर्दै छन् । तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन् ।

Share