टीकापुर अस्पतालद्वारा आकस्मिक बाहेक सबै सेवा ठप्प

कैलाली । कैलालीको टीकापुर अस्पतालले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । केही व्यक्ति अस्पताल भित्र प्रवेश गरी अराजक गतिविधि गरेको भन्दै सबै सेवा ठप्प पारेको हो ।

टीकापुर अस्पतालले असार १ गते राति ०१ गते राति अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ पदम बहादुर बोहरालाई रिफर गरी धनगढी पठाएको थियो । तर मधुमेह र उच्च रक्तचापका बिरामी बोहराको धनगढी लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । तत्पश्चात घटनाको छानबिन लागि समिति गठन गरेको थियो । उक्त घटनाको विषयमा गठित समितिले छानविन प्रकृया अगाडि बढाई रहेका बेला आफन्तको समूह आएर अराजक गतिविधि गरेको अस्पतालले जनाएको छ ।

साउन ७ गते दिउँसो करिब १ बजे मृतकका आफन्तको समूहद्धारा अस्पतालको प्रशासनिक भवनमा गइ अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो लगाउने भन्दै धम्की दिएको तथा गालीगलौज समेत गरेको अस्पतालले विज्ञप्ति जारी गरेको छ । साथै अस्पतालका स्वास्थकर्मी तथा कर्मचारीहरु माथि समेत हातपात गर्न खोजेको र कार्यालयमा तालावन्दी गरि अध्यक्षलाई बन्धक बनाइएको अस्नापताले जनाएको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी अराजक गतिविधिले उत्पन्न डर, त्रास र भयको वातावरणले चिकित्सक र कर्मचारीहरुले असुरक्षित महसुस भएकाे भन्दै आज बाट सेवाहरु ठप्प पारेको छ ।

साथै अस्पतालले परिस्थिति सामान्य नभएसम्म सेवा ठप्प नै पार्ने चेतावनी समेत दिएको छ । सम्बन्धित पक्षद्वारा माफी नमागे सम्म र अस्पतालमा अराजक गतिविधि गर्ने दोषीलाई कानून वमोजिम कार्वाही नगरेसम्मका लागि सेवा बन्द रहने बताइएको छ ।

Share