कैलाली । कैलालीको घोडाघोडीमा विहीबार बस र टिप्पर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् । अपरान्ह ४ बजे घाेडाघोडी नगरपालिका–४ सिमथरी स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको रा १ ख २७३३ नम्बरको टिप्पर र सोही दिशातर्फ गइरहेको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएकाे छ। टिप्परसँग ठोकिएपछि बस नालामा खसेको थियो ।
दुर्घटनामा परि बस चालक सहित ६ जना घाइते भएका छन् । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का २७ वर्षीया चन्द्र बोहराको खुट्टामा चोट लागेको छ । यस्तै घाइते हुनेमा, गौरीगङ्गा नगरपालिका ९ का ४० बर्षिया अनिता चौधरी सोही ठाउँकी बर्ष ४ कि अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका १९ फूलबारीकी २९ वर्षीया माया चौधरी सोही ठाउँका बिपिन चौधरीका साथै बसमा सवार ३२ वर्षीय भारतीय नागरिक सुरेश निगम रहेका प्रहरीले जनाएकाे छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूकाे स्थानीय घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ ।
टिप्पर चालक घोडाघोडी नगरपालिका ५ का २५ वर्षीया लाल बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।













