काठमाडौं । नयाँ सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबन्डाको टुङ्गो लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।
यता नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास लगायतका मन्त्रालय लिनेछ । मन्त्रालय भागबन्डा टुङ्गिएको भए पनि व्यक्तिहरू टुङ्गि नसकेको दुबै दलका नेताहरूले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरूको पनि नाम टुङ्गो लगाउने दुई दलको तयारी छ ।













