कैलाली । सक्किगोनी नामक हास्य टेली शृङ्खलाका कलाकार सागर लम्साल ‘बले’ ले वैवाहिक लगन गाँठो कसेका छन् । स्याङ्जा निवासी सागरले झापा निवासी स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन् ।
काठमाडौंको चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन् । स्नेहा पेसाले स्टाफ नर्स हुन् । झापा दमककी स्नेहा भक्तपुरस्थित मामाघरमा बस्दै आएकी थिइन् ।
बले हास्य कलाकार मात्रै नभई चर्चित मोडेल पनि हुन् । भद्रगोल नामक हास्य टेली शृङ्खलाबाट निकै चर्चामा आएका हुनी हाल सक्किगोेनी नामक टेली शृङ्खलाका एक मुख्य पात्रका रुपमा रहेका छन् ।













