मिडियामा भ्रामक प्रचार गरेको भन्दै क्यानद्धारा उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण

कैलाली । नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ ।

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट सङ्घसङ्घका पदाधिकारीहरूलाई लक्षित गरी विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा सङ्घको निर्णय विपरित हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
 

Share