लुम्बिनीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले दिए राजीनामा

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै एमालेबाट मन्त्री बनेका पाँचै जनाले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् । एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ ।

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ ।

Share