महामन्त्री डा.मुकुल ढकाललाई पदबाट निलम्बन गर्ने रास्वपाको निर्णय

तस्बिर : अनलाइन खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको थियो ।

बुधबारको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई पार्टीको प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

हिजोको बैठकमा ढकालले ३९ जिल्लामा घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए । तर केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उनी मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका थिए ।

Share