टी२० विश्वकप : दक्षिण अफ्रिकाद्धारा श्रीलङका ६ विकेटले पराजित

कैलाली । टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले अविजित रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङका दक्षिण अफ्रिकी बलरसामु निरीह बनेको थियो । १९ ओभर १ बलमा टोली ७७ रनमा सीमित बनेको थियो ।

श्रीलङकाको इनिङ्सलाई ध्वस्त बनाउन एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २–२ विकेट हात पारे ।

श्रीलङका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे ।

कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिका समूह डी को बलियो टोलीको रुपमा रहेको छ ।

Share