सरकारले दिने आउँदो आर्थिक वर्षमा पनि भत्ता यथावत

तस्बिर : बिजमाण्डू

काठमाडौं । आउँदो आर्थिक वर्षमा पनि अहिले भइरहेका सामाजिक सुरक्षा भत्ता नै यथावत् रहने भएका छन् ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको बताए । आउँदो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएकाे छ ।

Share