नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पद मुक्त भएकी छिन् । सभामुख भीम भण्डारीले सांसद गिरीलाई पदमुक्त गरेको सूचना जारी भएको छ ।

उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

Share