कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता समेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ओड बिरुद्द उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी जनाइएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता पुष्कर पन्तका अनुसार इलाका प्रहरी कार्यालय झलारी मार्फत जोहरी जिल्लामा आएको छ । ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जनाएको हो।












