मुख्यमन्त्री शाहको विश्वासको मतबारे उन्मुक्तिमा दुई किसिमको ह्वीप जारी

कैलाली । यति खेर नागरिक उन्मुक्ति पार्टी भित्र दुई धार बीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीको गुट गत राजनीतिले पार्टी भित्र किचलो बढेको छ । जसको ज्वलन्त उदाहरण हो सुदूरपश्चिम प्रदेश । भोलि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे उन्मुक्तिमा थप विवाद सिर्जना भएको छ ।

आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरिएको छ ।

 

तर, यता सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सरकारका बन् मन्त्री समेत रहेका खुशीराम चौधरीले भने विज्ञप्ति जारी गर्दै पक्षमा मतदान गर्न ह्वीप जारी गरेको बताएका छन् ।

सोही अवस्थाले मुख्यमन्त्री शाह झनै अप्ठ्यारोमा पर्ने देखिन्छन् । मुख्यमन्त्री शाहलाई कांग्रेससहित नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र सांसदको समेत मत आवश्यक पर्ने छ । तर नागरिकबाट दुई किसिमका विज्ञप्तिले उनी अप्ठ्यारोमा परेका छन्।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

जहाँ विश्वासको मतको लागि २७ मत आवश्यक पर्ने गर्दछ ।

Share