घोडाघोडी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन पहल गरिने: प्रचण्ड

कैलाली। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवनको शिलान्यास गरेका छन्। आज कैलालीको  घोडाघोडी नगरपालिकालो सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवनको  शिलान्यासका लागिप्रधानमन्त्री प्रचण्ड सुखड पगेका थिए।

राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०८०/८१ को ४ करोड ७१ लाख अनुदान रकम बाट निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यासका  उनलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सहित अन्तिम चरणमा रहेका क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको  आंगिक क्याम्पस बनाउने पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले यस बर्ष  घोडाघोडी बहुमुखी क्याम्पसलाई १ करोड बिनियोजन गरिएको समेत बताएका छन्  ।

घोडाघोडी बहुमुखी क्याम्पस र लम्की बहुमुखी क्याम्पसले संयुक्त रूपमा प्रधानमन्त्री प्रचण्डलाई ६ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयकोआंगिक क्याम्पस  बनाउन ज्ञापन पत्रसमेत बुझाएका थिए ।

यस्तै घोडाघोडी नगरपालिकाका तर्फ बाट पनि प्रधानमन्त्री लाई  घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले ज्ञापन पत्र बुझाएका थिए ।

घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई को सभाध्यक्ष भएको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड रहेका थिए भने, विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए ।

कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, सन्चालक समितिका पदाधिकारी, विद्यार्थी एवं स्थानीयको उपस्थिति रहेको थियो।

Share