मल्ल, लामिछाने, केसी र ऐरीलाई बाहिर राख्दै एसीसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

तस्बिर : क्यान

कैलाली । नेपाल क्रिकेट संघ क्यानले अर्को हप्ता देखि श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । जसमा क्यानले युवा खेलाडीलाई समेट्दै टोलीको टुंगो लगाएको छ ।

एकदिवसीय विश्वकप क्वालिफायर खेलेर शुक्रबार मात्रै स्वदेश फिर्ता भएको नेपाली टोलीका केही सदस्यलाई बाहिर राख्दै टोलीको घोषणा गरेको छ । जसमा पूर्व कप्तान द्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी र तिब्र गतिका बलर करण केसीलाई टोलीमा समावेश गरिएको छैन । उक्त ठाउँमा सूर्य तामाङ, सन्दीप जोरा, देव खनाल र श्याम ढकालले मौका पाएका छन् ।

मल्ल र केसीलाई दिँदा लामिछाने र ऐरी भने जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् । लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् ।

यस प्रतियोगितामा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अरु तीन टोलीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ ।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् ।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् । नेपालले जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग खेल्नेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख र अर्जुन साउद (विकेट किपर),कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र

सन्दीप जोरा।

Share