कैलाली । आउँदो अक्टोबर देखि भारतमा सुरु हुने एकदिवसीय विश्वकप क्रिकेटले यस पटक नयाँ टोलीको रुपमा एसोसिएट राष्ट्रलाई भित्र्याएको छ । दुइ पटकको विश्व विजेता टोली वेस्ट इन्डिज जस्तो एक तुफानी टोलीले यस पटक विश्वकप खेल्न बाट बञ्चित हुनु परेको छ । यस्तै अर्को टेस्ट राष्ट्र जिम्बाबे पनि त्यसबाट टाढा रहेको छ भने । एसोसिएट राष्ट्रको रुपमा पहिलो पटक नेदरल्याण्ड्सले आफूलाई बलियो सावित गर्दै विश्वकपमा स्थान बनाएको छ ।
आज भएको खेलमा बास डि लिडेको सानदार अलराउन्डर प्रदर्शनमा नेदरल्याण्ड्सले आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले पाखा लगाउँदै आफ्नो स्वर्णिम अवसरको सदुपयोग गरेको हो ।
स्कटल्यान्डले दिएको दुई सय ७८ रनको चुनौतिपूर्ण लक्ष्य नेदरल्याण्ड्सले ४२ ओभर पाँच बलमा छ विकेट गुमाउँदै पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा बास डि लिडेले ९२ बलमा सात चौका र पाँच छक्कासहित एक सय २३ रनको सानदार शतकीय इनिङ खेले । त्यस्तै सकिब जुलफिकर ३२ बलमा तीन चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । विक्रमजित सिंहले ४९ बलमा छ चौकाको सहयोगमा ४० रन बनाए । यस्तै कप्तान स्कट एडवार्ड्सले २३ बलमा तीन चौकासहित २५ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७७ रनको आँकडा तयार गरेको थियो । उसका लागि ब्रेन्डम म्याकमुलनले एक सय १० बलमा ११ चौका र तीन छक्काको सहयोगमा एक सय छ रनको शतकीय पारी खेले । यस्तै कप्तान रिचि बेरिंग्टनले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय इनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा पाँच चौकाको सहयोगमा अविजित ३८ रन बनाए ।
यस्तै ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा छ चौकाको सहयोगमा ३२ रन बनाए ।
नेदरल्याण्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर पाँच विकेट लिए । रायन क्लायनले दुई तथा लगेन भान बिकले एक विकेट लिए ।
योसँगै आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ खेल्ने १० टोलीको टुङ्गो लागेको छ । सुपर सिक्सबाट श्रीलंका भने यस अघि नै विश्वकपमा छनोट भैसकेको छ ।
यस पटकको विश्वकपमा नेदरल्याण्ड्स र श्रीलंका सहित भारत, पाकिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र इङ्ल्याण्ड आदि देश भिड्दै छन् । यस पटकको भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा ।













